PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा



रासस

इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

जेरुसेलमः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ। 

उनले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले जानकारी दिएका छन्। 

झण्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उनी विरुद्धको मुद्धा अहिले विचाराधीन छ। 

उनीविरुद्धको मुद्धामा अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको छ। त्यसका लागि उनलाई अदालतले बोलाउन सक्ने अनुमान गरिएको छ। 

प्रधानमन्त्री पत्नी बेन्जामिनलाई दुरुपयोग गरेको सम्पत्ति तिराउनेलगायतका कारबाही हुने संभावना छ। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell