काठमाडौं : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ सिकाउने अधिकार नभएको बताएका छन्।
मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
प्रधानन्यायाधीश पराजुलीले शिक्षाको माध्यमबाटै समाजको विभेद् हटाउन सकिने भएकाले सामाजिक रुपान्तरण र लैङगिक समानताका विषय समेटिएका चेतनामूलक कार्यक्रम गाँउगाँउ पुर्याउनुपर्ने बताए।
वाणिज्यमन्त्री मीन विश्वकर्माले रुपान्तरणमा शास्त्र नभई प्रवृत्ति बाधक रहेको उल्लेख गर्दै विविधतालाई विभेद्मा बदल्ने इतिहासलाई आफूहरुले बदलेको बताए।
नेपाली कांग्रेसका नेता महेश आचार्यले भने,‘राजनीतिक गर्नेले नीति, नियम र विधानप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने पक्षलाई कसैले कही पनि बिर्सन हुँदैन, अन्यथा राजनीति र राजनेताप्रति जनताको आस्था र विश्वास कमजोर बन्न पुग्दछ।’रासस