PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बुटबलको प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्राथमिकता



चन्द्रकान्त खनाल

रुपन्देही : नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कार्तिक ८ गतेदेखि १८ गतेसम्म बुटवलमा गर्न लागेको राष्ट्रिय औधोगिक कृषि पर्यटन प्रवद्र्धन प्रदर्शनी २९७४ को आयोजना गर्ने भएको छ।

शनिबार राजनीतिक दलसँग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रर्दनशनमा स्वदेशी उत्पादनलार्इ प्राथमिकता दिने बताएका छन्। यस अवसरमा राजनीतिक दलका नेताहरुले उक्त प्रदर्शनीलाई सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले पुराना घरेलु उत्पादनलाई पनि आधुनिकीकरण गरी स्वदेशी बस्तुलाई प्राथमिकतामा राखेर मेला आयोजना गर्नु पर्ने सुझाव दिएका छन। 

नेकपा एमालेका बुटवल नगर संयोजक ऋषिराम पाण्डेले मेला महोत्वसले यस क्षेत्रको आर्थिक विकासमा सघाउने उल्लेख  गरेका छन्।

मोओवादी केन्द्र बुटवल उपमहानगरका अध्यक्ष सुदिप न्यौपानेले प्रदर्शनी विगतकाभन्दा केही फरक हुनु पर्ने धारणा राखे। कार्यक्रममा राष्ट्रिय जनता पार्टीका राजेन्द्र कुमार अग्रहरी, जनमुक्तिका गोपाल चौहान, नेपाल कम्युनिष्ट पार्टीका श्याम सुवेदीलगायतले बोल्दै मेलालाई आआफ्ना पार्टीको सहयोग रहने उल्लेख गरे। 

संगठनका बुटवल अध्यक्ष खेम श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य खिमनारायण पराजुली, बुटवल उपाध्यक्ष गोविन्द गैरे, महासचिव सिताराम रसाईली लगायतले प्रदर्शनीको तयारीका बारेमा छलफल गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell