PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बारामा मतदाता फकाउँदै प्रचण्ड, परिवर्तनकारी शक्तिलाई  विजयी गराउन आग्रह



राधेश्याम पटेल

बारामा मतदाता फकाउँदै प्रचण्ड, परिवर्तनकारी शक्तिलाई  विजयी गराउन आग्रह

वीरगञ्जः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी बनाउन बारामा मतदाता फकाउन व्यस्त भएका छन्। 

शुक्रबारदेखि बाराको भ्रमण तथा घर दैलोमा अभियानमा व्यस्त देखिएका अध्यक्ष प्रचण्डले आज बिहान कलैयाका मतदाताहरुसँग भेटघाट गरी माओवादीलाई सहयोग गर्न आग्रह गरेका छन्।

कलैयाको भवानीपुरमा चुनावी घरदैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी परिवर्तनकारी पक्षधर भएकाले आफ्ना दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे।

उनले माओवादीले कलैया उपमहानगरपालिकाको प्रमुख र वडा अध्यक्षमा युवालाई नै उम्म्मेदवार बनाएकाले विकासका पक्षधर युवालाई जिताउन मतदातासँग अपिल गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell