PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

बालकृष्ण खाँणको आरोपः ओली र राउत उस्ता उस्तै



पहिलोपोस्ट

बालकृष्ण खाँणको आरोपः ओली र राउत उस्ता उस्तै

भैरहवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र तराई अलग गराउने आन्दोलनमा सक्रिय सिके राउत उस्तै भएको टिपपणी गरेका छन्। 

बिपी कोइरालाको १०३ औँ जन्मजयन्ती तथा निर्वाचित जनप्रतिनिधिको सम्मानमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार भैरहवामा गरेको कार्यक्रममा नेता खाँणले यस्तो भनार्इ राखेका हुन्। उनले ओली काठमाडौंमा बसेर तराईबासीलाई गाली गर्ने र राउतले तराईमा बसेर पहाडी हिमालीवासीलाई गाली गलौज गर्दै राष्ट्र बिखण्डनमा लागेको आरोप लगाएका हुन्।

खाँणले राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रवादी हुनै नसक्ने जिकिर पनि गरे। 

‘उत्तरी सिमानामा समस्या आउँदा त्यहाँका बासिन्दा लडेका छन्, भने दक्षिणमा समस्या पर्दा त्यहाँका बासिन्दा लडेका छन्। सबै नेपाली राष्ट्रियता बलियो बनाउन लागेका छन्। उनले भने –नेपालीको सम्मान र राष्ट्रियता बलियो बनाउनुको सट्टा यि दुबैका क्रियाकलाप र अभिव्यक्ति राष्ट्रहित विपरित छन्।’

विदेशी दूतावासबाट चुनाव खर्च बुझेर छिमेकीलाई गाली गर्दै हिड्ने र निश्चित समुदायलाई अपहेलना गरी हिँड्दैमा राष्ट्रवादी हुन नसकिने उनले प्रस्ट्याए।

एमालेका कुन नेताले कुन दूतावासबाट चुनाव खर्च भन्दै कति लिएका छन् भन्ने जानकारी आफू रक्षा मन्त्री हुँदा थाहाँ पाएको भन्दै उनले यो उग्रता र नक्कली राष्ट्रवाद नरोकिए सार्वजनीक गर्ने चेतावनी दिए।

उनले हिजो राजा आफू शक्तिशाली बन्न खोज्दा राजतन्त्र सकिएको र अहिले एमाले अध्यक्ष ओलीले त्यही मार्ग अवलम्वन गर्दै राष्ट्रिय एकतालाई कमजोर पारी आफू शक्तिशाली बन्न खोजिरहेको आरोप लगाए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell