
डिफेण्डर मार्सेलोले खेलको अन्त्यतिर रातो कार्डको सामना गरेको खेलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो छ। ला लिगा अन्तर्गत घरेलु मैदान सान्टियागो वर्नावेउमै शनिबार भएको खेलमा रियलले लेभानेटेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
१२औँ मिनेटमै इभि लोपेजले गोल गर्दै भ्रमणकारी टोली लेभान्टेलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता लामो समय टिकेन। ३६औँ मिनेटमा रियलका लागि लुकास भज्क्वजले बराबरी गोल फर्काए।
८९औँ मिनेटमा मार्सेलोलाई रेफ्रीले रातो कार्ड देखाएपछि रियलले दश खेलाडीमा रहेर खेलकव अन्त्य गरेको थियो।
यस सिजन तिन खेल खेल्दा रियलको यो दोस्रो बराबरी हो। बराबरीपछि ३ खेलबाट ५ अंक जोडेको रियल अंक तालिकामा चौथो स्थानमा छ।
शनिबारै भएको अर्को खेलमा गेताफले लेगानेसलाई २-१ ले पराजित गर्दै सिजनको पहिलो जित हात पारेको छ। यता लेगानेसको भने यो पहिलो हार हो। हारका बावजुत पनि ३ खेलबाट ६ अंक रहेको लेगानेस तेस्रो स्थानमा छ।
ला लिगामा शीर्ष स्थानमा रहेको रियल सोसिडाडले डेपोर्टिभा ला कुराना तथा दोस्रो स्थानको बार्सिलोनाले स्पानयोलसँग खेल्दैछ।