PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

प्रणय बने मिस्टर काठमाडौं



पहिलोपोस्ट

प्रणय बने मिस्टर काठमाडौं

काठमाडौं : जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन्।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका छन्। ५५ केजीमा मसल्स मेनियाका अवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेसका रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार र ७० केजीमा मसल्स एन्ड फिट्नेसका अमितकुमार मण्डल पहिलो भएका थिए। अमितले बेस्ट पोजरको उपाधि पनि हात पारे।

प्रणयले मिस्टर काठमाडौंका लागि १ लाख र तौलसमूहमा पहिलो भए वापत छुट्टै नगद १० हजार पुरस्कार हात पारे। अन्य तौलसमूहमा पहिलो हुने पनि १० हजार नगद पुरस्कार हात पारे। दोश्रोले ५ र तेश्रोले ३ हजार नगद हात पारे। मिस्टर काठमाडौंमा ८१ प्रतिस्पर्धी सहभागी थिए।

दोश्रो महिला एथलेटिक्स फिजिक्समा नेपाल व्यायाम मन्दिरकी रजनी श्रेष्ठ पहिलो भइन्। मसल्स वल्र्डकी शोभा मानन्धर दोश्रो र सेप्स टु फिट्नेस एन्ड जिमकी सन्ध्या श्रेष्ठ तेश्रो भए । ११ प्रतिस्पर्धी सहभागी महिलाको विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत प्रथम जुनियर मिस्टर काठमाडौंको उपाधि फिट्नेस फस्ट जिमका दामोदर श्रेष्ठले जिते। न्यु बुल्स जिमका जोन भण्डारी दोश्रो तथा फ्लेक्स जिमका सुजन गुरुङ तेश्रो भए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे। यु–२१ उमेरसमूहको प्रतिस्पर्धामा २१ खेलाडी सहभागी थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell