PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

केसीटीसीले जित्यो यू–१९ कपको उपाधि



पहिलोपोस्ट

केसीटीसीले जित्यो यू–१९ कपको उपाधि

काठमाडौं : काठमाडौं क्रिकेट टेनिङ सेन्टर केसीटिसीले प्रथम गणेश बहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ क्रिकेटको उपाधि जितेको छ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा केसीटिसीले  हिमालयन क्रिकेट एकेडेमी एचसिएलाई १२ रनले पराजित गर्दै उपाधि जितेको हो।

टुँडिखेलमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो। केसीटीसका लागि बिबेक रानाले सर्बाधिक ३० रन बनाए।

१०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको एचसिएले २० ओभरमा ७ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।

प्रतियोगिताको बिजेता र उपबिजेता टिमलाई सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell