काठमाडौं : दामोदर बुढामगर र मन्जु राउत चौथो गोदावरी रनिङ फेस्टिभलमा अल्ट्रा रन तर्फ विजेता बनेका छन्।
बुढामगर ५० किलोमिटर अल्ट्रा रनको पुरुष तथा राउत महिलातर्फ च्याम्पियन बनेका हुन्। नर्थ फेसले प्रायोजन गरेको उक्त रनका विजेतालाई नर्थ फेस काठमाडौंले गिफ्ट ह्याम्टर, ट्रफि र मेडल प्रदान गरेको थियो।
यस्तै सोलोमोनले प्रायोजन गरेको ३० किलोमिटर ट्रेल रनमा रुपलाल बुढामगर पुरुषतर्फ तथा सीता न्यौपाने महिलातर्फ विजेता बने। सुन्टो १५ किलोमिटर ट्रेल रनमा सिमोन कास्ट्रव पुरुष तथा राम माया महिलातर्फ च्याम्पियन बने।
किड्स अब्स्ट्याकल २ किलोमिटर रेसको उपाधि तामाङ ब्वाइजले जिते भने यती रनको उपाधि इनटेक-१८ ले जित्यो।
विजेताहरुलाई नर्थ फेस, सोलोमोन र सुन्टोको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर ट्रफी रमेडल प्रदान गरिएको थियो।
बेस क्याम्प आउटडोर लाइफस्टायलको आयोजना तथा पाङ्ग्रोको व्यवस्थापनमा भएको फेस्टिभलमा ३०३ प्रतियोगिले भाग लएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार गोदावरी फुटबल ग्राउण्डमा भएको फेस्टिभलमा करिब ४ हजारको उपस्थित रहेको थियो।