PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा यस सिजनको पहिलो खेल बराबरी खेलेको छ। युनाइटेडले स्टोक सिटीसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

यसअघिका ३ खेलमा कुनै गोल नबेहाेरेको युनाइटेड स्टोकले पहिलो गोल गरेपछि १-० ले पछि परेको थियो।

एरिक चोपो मोटिङले ४३औँ मिनेटमा गोल गर्दै घरेलु टोली स्टोकलाई अग्रता दिलाएका थिए तर, मार्कुस रासफोर्डले पहिलो हाफ मै बराबरी गोल पर्काए।

५८औँ मिनेटमा रोमेलु लुकाकुको गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो। युनाइटेडको अग्रता पनि लामो समय टिकेन। ६३औँ मिनेटमा मोटिङले नै व्यक्तिगत दोस्रो गोल गरेपछि स्टोकले खेल बराबरी गरेको हव।

बराबरीपछि ४ खेलबाट छिमेकी सिटी समान १० अंक जोडेको युनाइटेड गोल अन्तरका आधारमा अंक तालिकाको शीर्ष स्थानमा फर्केको छ। सिटी लिभरपुललाई ५-० ले पराजित गर्दै केही समयका लागि शीर्ष स्थानमा उक्लेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell