लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले ला लिगामा स्पानयोलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ। घरेलु मैदान नोउक्याम्पमा मेसीले ह्याट्रिक गरेपछि क्याटलान डर्बी खेलमा बार्सिलोनाले स्पानयोललाई ५-० ले हरायो।
यसै खेलबाट ओसमान डेम्बेलेले पनि बार्सिलोनाका लागि डेब्यु जनाए। उनी जेरार्ड डेउलोफेउको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए।
जितपछि ३ खेलबमा शतप्रतिशत जित निकालेको बार्सिलोना ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
मेसीले २६औँ, ३५औँ र ६७औँ मिनेटमा गोल गरे। बार्सिलोनाका लागि मेसीको यो ३८औँ ह्याट्रिक हो। जेरार्ड पिके र लुइस सुवारेजले खेलको अन्त्यतिर गोल गर्दै बारसिलोनाको जित अन्तर फराकिलो बनाए।
यस्तै अर्को खेलमा सेभियाले आइबरलाई ३-० ले हरायो। ३ खेलबाट ७ अंक जोडेको सेभिया दोस्रो स्थानमा छ।