PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

समृद्ध वीरगन्जका लागि कांग्रेसको नेतृत्व अनिवार्य: नेता लेखक



पहिलोपोस्ट

समृद्ध वीरगन्जका लागि कांग्रेसको नेतृत्व अनिवार्य: नेता लेखक

वीरगन्ज: पूर्वमन्त्री तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका केन्द्रीय संयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको वीरगन्ज महानगरपालिकाको लागि नेपालीको कांग्रेसको नेतृत्व अनिवार्य रहेको बताएका छन्।

नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता लेखकले वीरगन्जको समग्र विकास निर्माण तथा कागजी रुपमा घोषणा भएको महानगरपालिकालाई वास्तविकतामा परिवर्तन गर्न कांग्रेस उम्मेदवार अजय द्धिवेदीको विकल्प नरहेकोमा जोड दिए।

उनले पर्साको सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाहरुमा कांग्रेसले नयाँ परिकल्पनाका साथ अघि बढ्ने खाका तयार पारेको दाबी गरे। स्थानीय निकायहरुको विकास निर्माण पूर्ण रुपमा वैज्ञानिक एवम् आधुनिक तरिकाले गर्न नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन पनि उनले अपील गरे।

मधेसको मुद्दा बोक्ने क्षमता नेपाली कांग्रेस बाहेक अरु कुनै पार्टीसँग नभएको बताउँदै उनले संविधान संशोधनका लागि सरकारले पेस गरेको संशोधन प्रस्ताव फेल भए पनि संशोधनका लागि फेरि पनि प्रयास गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell