PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

एक सातापछि महानगरले उठायो फोहोर



पहिलोपोस्ट

एक सातापछि महानगरले उठायो फोहोर

काठमाडौं : ल्यान्डफिल क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिका बीच शनिबार दुई बुँदे सहमति भएसँगै एक साता देखिको फोहोर आइतबारदेखि उठाइएको छ। शनिबार सहमति भएपछि महानगरले फोहोर संकलन सुरु गरेको हो।

नुवाकोट सिसडोलमा रहेको ल्यान्डफिल क्षेत्रका स्थानीयले राखेको मागमा सहमति नहुँदा एक सातादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन।

स्थानीयले सिसडोलबासीलाई एम्बुलेन्स उपलव्ध गराउनु पर्ने, सिसडोलसम्म पुग्ने बाटो पिच गर्नु पर्ने माग राखेका थिए।

महानगरले दुबै माग दश दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ। प्रतिवद्धतापछि असन्तुष्ट स्थानीयले फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।

उपत्यकाबाट दैनिक ९ सय मेट्रिक टनको हाराहारीमा फोहोर सिसडोलमा व्यवस्थापन गरिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell