PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

भोजपुरी फिल्म दिलवालेको प्रिमियर, एसपी खरेल बने दिलवाले



राधेश्याम पटेल

भोजपुरी फिल्म दिलवालेको प्रिमियर, एसपी खरेल बने दिलवाले

वीरगन्ज: वीरगन्जका एसपी खरेल भनेर चिनिने अभिनेता परदेशी साहको अभिनय रहेको भोजपुरी फिल्म दिलवालेको प्रिमियर गरिएको छ। एसपी खरेलको उपाधिले नेपाली र भोजपुरी फिल्ममा पहिचान बनाएका साहको यो ११औँ फिल्म हो।

वीरगन्जकै एक मात्र मल्टीप्लेक्स हल ए–मैक्स हलमा प्रिमियर राखिएको थियो। ‘मा राधिका मुविज इन्टरनेशनल प्रालि’को व्यानरमा ८० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्मको विशेष शो गरिएको थियो। 

वीरगन्जका व्यवसायी रविन्द्र कुमार बर्णवाल निर्माता तथा राजु गिरी निर्देशित रहेको चलचित्रको नायिकमा शुभेच्छा थापा छिन्। स्थानीय कलाकार नन्दु श्रीवास्तव, खैरुद्दीन हावारी, घनश्याम गिरी, पुष्पा पाण्डे, मुखलाल साह, जयचन्द्र यादव, शिवप्रसाद कुर्मी, सन्तोष वर्मा, राम यादव तथा अजय पटेल लगायतको मुख्य अभिनय रहेको छ। रामेश्वर हुमागाईको छयाङ्कन तथा रोशन श्रेष्ठको द्वण्द्व निर्देशन रहेको फिल्मममा पप्पु मिश्रा र शिव मनमोहीले संगीत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell