PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

स्लोएन स्टेफन्सले जिते युएस ओपनको उपाधि



पहिलोपोस्ट

स्लोएन स्टेफन्सले जिते युएस ओपनको उपाधि

वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस युएस ओपनको महिलातर्फ उपाधि स्लोएन स्टेफन्सले जितेकी छिन्।

अल अमेरिकन फाइनलमा स्टेफन्सले मडिसन केजलाई ६-३, ६-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन्।

६ साता अघि मात्र ९५७औँ वरियतामा रहेकी स्टेफन्सलाई युएस ओपनमा ८३औँ वरियता प्रदान गरिएको थियो।

गत जनवरीमा मात्र खुट्टाको सर्जरी गराएकी स्टेफन्सले ११ महिनापछि नै युएस ओपन जितेकी हुन्।

पछिल्लो पटक दुवै अमेरिकी प्लेयर युएस ओपनमा सन् २००२ मा भिडेका थिए। जहाँ बहिनी सेरेना विलियम्सले दिदी भेनसलाई पराजित गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell