
प्यालेस्टिेनी : प्यालेष्टिनी इश्लामवादी आन्दोलनका हमासका नेता इश्माइल हानिया इजिप्ट भ्रमणमा गएका छन्।
हानिया हमास आन्दोलनका प्रमुख नेता भएपछि पहिलो पटक इजिप्ट भ्रमणका गएका हमासले जनाएको छ।
हमासले प्यालेष्टिेनीहरूको गाजा क्षेत्रमा नियन्त्रण राख्दै आएको छ। पछिल्लो समय आफ्नो छिमेकी राष्ट्र इजिप्टसँगको सम्बन्धमा सुधार गरी कायरोको गाजा क्षेत्रसँगको सीमानालाई खुला गर्न चाहेको छ।
गाजासँग इजरायली भूमिबाहेक अन्य मुलुकसँग पुग्न इजिप्ट मात्रै एउटा विकल्प रहेको छ।
सन् २०१३ मा हमासको सहयोगी मुश्लिम ब्रदरहुडका राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरी पूर्व सैनिक शासक अब्देल फताह अल सिसीलाई सत्तामा ल्याइएपछि हमासको काएरोसँगको सम्बन्धमा तनाव देखिँदै आएको छ। सिसीले हमासलाई आतङ्कवादी समूहलाई सघाएको आरोप लगाउदै आएको छ।
यही वर्षा ऋतुमा भएको सहमतिपछि दुई पक्ष बीचको तनाव कम गर्ने आधार बनेको दुवै देशका नेताले बताउँदै आएका छन्। हमासका उच्च अधिकारीले सहमतिपछि इजिप्ट राफाहको सीमाना खोल्न तयार भएको जनाएका छन्।
हमासद्वारा जारी वक्तव्यमा इश्माइलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले गाजा क्षेत्रमाथिको कब्जा, हमास र फताहबीचको पुनर्मिलन, वेस्ट वैंकमा रहेको विश्व समुदायले मान्यता दिएको प्यालेष्टिनी सरकारलाई स्वीकार गर्नेलगायत आपसी चासोका बिषयमा कुराकानी गर्ने बताइएको छ।
हानिया गत मे मा हमास प्रमुख निर्वाचित भएका हुन्। हमासका उच्च अधिकारीले हानिया सत्तामा आएपछि यस पहिले पनि इजिप्टसँग उच्चस्तरीय वार्ता गर्दै आएका वक्तव्यमा जानइएको छ।
सन् २००८ पछि हमासले इजरायलसँग तीन पटक युद्ध गरिसकेको छ। रासस/एएफ्पी