
अमेरिकाः हजारौँ एसियाली मुलका अमेरिकी नागरिकसहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले आग्रह गरेका छन्।
आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउन सक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान आग्रह गरेका हुन्।
अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई सचेत गर्दै भनेका छन्, ‘आँधीले प्रभावित गर्नुभन्दा पहिल्यै जसले सम्भावित खताराक्षेत्रबाट आफ्ना घर छोड्दैन उसले उद्धार सेवा पाउन सक्दैन।’
संघीय विपद् व्यवस्थापन निकायका प्रमुख ब्रक लोङले भनेका छन्,‘फ्लोरिडामा प्रभाव पर्छ वा पर्दैन भन्ने प्रश्न होइन कि फ्लोरिडामा कति नराम्रो असर पर्दैछ भन्ने बिषय सोचनीय रहेको छ।’
उनले भने–‘इर्माले फ्लोरिडा होस् वा अन्य दक्षिणपूर्वी अमेरिकी राज्यहरू जहाँपनि भवितव्य सिर्जना गर्न सक्छ। यो बिषयमा पूर्वानुमान गर्न कठीन हुन्छ। अलावामादेखि उत्तर क्यारोलिनाबासी सवै जनाले आँधीको सम्भावित असरबाट जोगिन सावधानी अपनाइरहेको छ।’
अमेरिकीले यसलाई विनास गर्ने रासंयुक्त राज्य अमेरिकालाई खतरा सिर्जना गरिरहेको छ। फ्लोरिडा एसियाली मुलबाट अमेरिका आई बसोवास गर्ने हजारौँ व्यक्ति रहेको स्थान हो।
फ्लोरिडामा हजारौँ संघीय सुरक्षा अधिकारी तथा कैयौं हजारको सङ्ख्यामा सैनिकलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको अमेरिकी रक्षा विभागले जनाएको छ।
लोङले भने,‘सम्भावित क्षति हुने तटीय क्षेत्रका नागरिकलाई तत्कालका लागि एक लाखको सङ्ख्यामा बाँडेर सङ्कटकालिन सेवा दिने योजना बनाएका छौँ। यसका लागि बृहद् सहयोगको आवश्यकता हुनेछ।’ रासस/पीटीआई