PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लोहारको शोकमा तीन दिन झण्डा झुकाउने कांग्रेसको निर्णय



पहिलोपोस्ट

लोहारको शोकमा तीन दिन झण्डा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं: नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ।

कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले लोहारको सम्मानमा तीन दिन देशभरका पार्टी कार्यालयमा झण्डा झुकाउने निर्णय गरेको हो। कांग्रेसले लोहारको शोकमा केन्द्रीय कार्यालयसहित सबै जिल्ला पार्टी कार्यालय बन्द गर्नेसमेत निर्णय गरेको छ।

'नेपाली कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपमा संलग्न व्यक्तित्व नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सहायकमन्त्री, दलित आन्दोलनका एक अथक योद्धा एवं समाजसेवी प्रतापराम लोहारको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको छ,' केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

मधुमेह र मिर्गौलाको समस्याबाट पीडित लोहारको गत २३ गते साँझ सुमेरू अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell