PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन



रासस

बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन
फोटो श्रोतः reuters.com

सोलः उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन्। 

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नु पर्ने बताएका उत्तर कोरियाली सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। 

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ। 

गत हप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम रहेको पुष्टि पनि भएको छ। 

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बम परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकसँग शनिबार राति रात्रिभोज गरेका समाचारमा जनाइएको छ। 

उनले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद दिएका उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। 

रात्रिभोजसँगै उनले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell