PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पहिलो पोस्टरमा राते काईंलाको 'शेरबहादुर' लुक्स



पहिलोपोस्ट

पहिलो पोस्टरमा राते काईंलाको 'शेरबहादुर' लुक्स

काठमाडौं: फिल्म शेरबहादुरको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कलाकार सुनिल थापा (रातेकाईंला), रविन्द्र झा, मेनुका प्रधान र कर्माको फिचरिङ रहेको छ। प्रोडक्शनमा रहेको फिल्म युनिटले रिलिज टार्गेटसहित पोस्टर सार्वजनिक गरेको हो। फिल्म माघ ६ गते सार्वजनिक हुने जनाइएको छ।

फिल्म गत असारबाट मात्र छायांकनको लागि फ्लोरमा उत्रिएको हो। फिल्मको सुटिङ इनडोर सेटभित्र हुने निर्माण पक्षले जानकारी दिएकाे छ। '१० प्रतिशत मात्र आउट डोर सुट हुन्छ', निर्देशक आर राजवंशीले जानकारी दिए। यसै वर्षभित्र रिलिज गर्ने होडमा रहेको युनिटले मिट गर्ला त रिलिज टार्गेट? किनकी मंगलम, ऐश्वर्य, कृलगायत फिल्महरुले अगाडि घोषणा गरेका फिल्महरु तोकिएको समयमा सार्वजनिक हुन सकेनन्।

गौरशंकर धुजुकको निर्माणमा तयार हुने फिल्म 'शेरबहादुर'मा अभिनेता सुनिल थापाले 'शेरबहादुर'को मुख्य भूमिका निर्वाहा गर्दैछन्। उनले फिल्म 'शेरबहादुर' कै लागि मुम्बईबाट नेपाल आएको जानकारी दिए। उनी केही समय यता अभिनयको शिलशिलामा भारत रहँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell