PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

एमाले, कांग्रेसले संविधान कार्यान्वयनमा रुचि देखाएनन्, वातावरण मैले बनाएँः प्रचण्ड



पहिलोपोस्ट

एमाले, कांग्रेसले संविधान कार्यान्वयनमा रुचि देखाएनन्, वातावरण मैले बनाएँः प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनको वातावरण आफूले तयार गरेको बताएका छन्।
 
रौतहटको चन्द्रनिगाहपुरमा भएको एक चुनावी सभालार्इ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति लागि परेका र नेपालका ठूला दलले पनि रुचि नदेखाएको बेला आफ्नो सरकारले संविधान कार्यान्वयनको वातावरण तयार गरेको बताएका हुन्। 

प्रचण्डले आफू नेतृत्वको सरकारलार्इ घेराबन्दीमा पारिएको र पहिलेकै स्थानीय निकायकै संरचनामा चुनाव होस् भनेर ठूला पार्टीलेसमेत दवाव दिएका बताए।

प्रचण्डले भने,‘ यो स्थानीय तह भनेको कुनै गाउँ पञ्चायत होर्इन, गाउँ विकास समिति होर्इन र जिल्ला विकास समिति जस्तो पनि होर्इन यो एउटा स्थानीय सरकार हो त्यसैले हामी आफ्नो भाग्य आफैं बनाउँदै छौं।’ 

सबैले प्रधानपञ्च नचुनेर प्रधानमन्त्री चुनिरहेको र जनतासामु सबै अधिकार आएको र सरकारको अधिकार सिधै जनतासामु पुर्यानउन आफुले अहम् भूमिका खेलेको प्रचण्डको भनाइ थियो।     
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell