
ललितपुरः प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तेस्रो चरणअर्न्तगत असोज २ गते निर्वाचन हुने आठ वटै जिल्लाका चुनावी सभालाई सम्वाेधन गर्ने भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा भदौ २७ गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भदौ ३० गते राजधानी फर्कनेछन्।
कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्धबोन गर्नेछन्।
उनी सिरहा प्रस्थान गर्ने कार्यक्रम छ। उनले सोहीदिन सिरहाको जिरोमाइलमा हुने चुनावीप्रचार सभालाई अपरान्ह ४ बजे सम्धबोन गर्नेछन्।
सिरहामा चुनावी सभालाई सम्धबोन गरेपछि प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम छ।
प्रधानमन्त्री देउवाले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नुका साथै कार्यकर्ताहरुसँग भेट गर्नेछन्।
उनले दिउसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्धबोन गर्नेछन्।
भदौ २८ गते प्रधानमन्त्रीले महोत्तरीको बर्दिबासमा चुनावी सभालाई सम्धबोन गर्नेछन्।
भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनले सर्लाहीको मलंगवामा दिउँसो १ बजे अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
भदौ ३० गते विहान प्रधानमन्त्रीले पर्साका कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् भने दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
कलैयाको सम्बोधनपछि प्रधानमन्त्रीले सोही दिन वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।