PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

ट्विटका कारण विवादमा आइरहने ऋषि कपूरको स्पष्टिकरण



पहिलोपोस्ट

ट्विटका कारण विवादमा आइरहने ऋषि कपूरको स्पष्टिकरण

ट्विटरमा आफ्नो विचार निश्चिन्त राख्ने अभिनेतामध्ये एक हुन् ऋषि कपूर। त्यसैले ट्विटकै कारण धेरैपटक विवादमासमेत आउँछन्। गत अगस्ट २७ मा मात्र माइक्रो ब्लगिङ साइट ट्विटरमा बच्चाको नाङ्गो फोटो पोस्ट गरेको आरोपमा उनी विरुद्ध पुलिस रिपोर्ट दर्ता भएको खबर सार्वजनिक भएको थियो। उनले आफूलाई चर्चाको लागि विवाद नचाहिने बीबीसी हिन्दीसँग बताएका छन्।

'म मान्छे हुँ गल्ति गर्छु। ट्विटरमा भएका गल्तीहरु सुधार्न मलाई आम मान्छेले सिकाएका छन्। जानेर कसैलाई चोट पुर्याउँदिन। यदि मेरो ट्विटले कसैलाई असर गर्छ भने म त्यो हटाउँछु।' आफू विवाद सिर्जना गर्ने हेतुले भने नलेख्ने प्रष्ट पारे। सानो गल्तीमा पनि मिडिया पछि लाग्ने भएकोले त्यो विषय ठूलो बन्ने उनको विश्वास छ। भने,'त्यसैले पहिले जसरी प्रस्तुत हुन्न। म अहिले नम्र ढङ्गमा लेख्न पोस्ट गर्न थालेको छु।'

रोमान्टिक अभिनेताको छवि बनाएका ऋषी कपूर अहिले चरित्र अभिनेताको रुपमा बलिउडमा सक्रिय छन्। उनको दुई फिल्म प्रदर्शनको तयारीमा छन्। कपूर अभिनित फिल्म ‘पटेलकी पञ्जावी सादी’ सेप्टेम्बर १५ मा सार्वजनिक हुँदैछ। फिल्ममा परेश रावल, विर दास, पायल घोषलगायतको अभिनय रहेको छ। अमिताभ बच्चनसँगको फिल्म १०२ नट आउट पनि प्रोडक्शनमा छ। गुजराती उपन्यासमा आधारित '१०२ नट आउट'मा अभिताभ बुवा र ऋषी छोरा बन्दै छ्न्। बुवा पात्रको उमेर १०२ र छोरा पात्र ७५ वर्षीय प्रस्तुत हुनेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell