PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

फोटोमा हेर्नुस् सेलिब्रेटीहरुको 'रनवे परेड'



पहिलोपोस्ट

फोटोमा हेर्नुस् सेलिब्रेटीहरुको 'रनवे परेड'

काठमाडौं : शनिवार दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ च्यारिटी फेसन शो आयोजना भएको थियो। ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त फेसन शो आयोजना भएको हो। शोमा नयाँ पुराना कलाकार एवं मोडलहरुले प्रस्तुती दिए।



फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका हुन्।



अभिनेता यशराज गराचको कोरियोग्राफी सम्पन्न फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो।



१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्वारा पहिरन प्रदर्शन गरिएको फेसन शोलाई टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको हो। कार्यक्रममा गायक कमल खत्रीले लाइभ प्रस्तुती समेत दिए।















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell