PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राष्ट्रिय फुटसल लिगको उपाधि शंखमुललाई



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिगको उपाधि शंखमुललाई

काठमाडौं : शंखमुल फुटसलले राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ।

आइतबार बाँसबारस्थित चउर रिक्रिएसनल सेन्टरमा भएको फाइनलमा किअफलाई ५-४ ले पराजित गर्दै शंखमुल च्याम्पियन बनेको हो।

शंखमुलको जितमा सुरज राउतले २ तथा अभय राना, अनिस श्रेष्ठ र निर्मल गुरुङले १-१ गोल गरे। किकअफका लागि सुमन डंगोलले २ तथा मनि लामा र रजिन पाण्डेले १-१ गोल गरे।

प्रतियोगिताको उकृष्ट खेलाडी पनि शंखमुलकै सुरज राउत घोषित भए। यस्तै उत्कृष्ट गोलरक्षक शंखमुलकै अनिस श्रेष्ठ तथा उत्कृष्ट प्रशिक्षक पनि शंखमुलका प्रकाश परियार बने।

किक अफका राज शाही उत्कृष्ट डिफेण्डर तथा सामाखुशीका विनोद गुरुङले इमर्जिङ प्लेयर घोषित भए।

अखिल नेपाल फुटसल संघ एन्फाको आयोजना तथा टर्नपाइकको व्वयस्थापनमा भएको लिगकव विजेता शंखमुलले नगद ५ लाख तथा उपविजेता किकअफले २ लाख ५० हजार पुरस्कार हात पारेको छ।

प्रतियोगितापछि २५ खेलाडी छनोट गर्दै एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्का लागि राष्ट्रिय टिम बनाउने एन्फाले जनाएको छ।

नेपालले पहिलो पटक एएफसीले आयोजना गर्ने फुटसलमा भाग लिन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell