PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

एडिबीद्वारा विद्यत् प्रसारण तथा वितरण परियाेजनाका लागि १५ अर्बभन्दा बढी सहयोग



रासस

एडिबीद्वारा विद्यत् प्रसारण तथा वितरण परियाेजनाका लागि १५ अर्बभन्दा बढी सहयोग

काठमाडौं :  एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। 

साथै बैंकले उक्त रकममध्ये करिब २१ लाख अनुदान प्रदान गर्ने भएको छ। ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे। 

यसै गरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे। 

परियोजनाअन्तर्गत काठमाडौ‌ं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ। 

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ। 

ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे। 

उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसक्ने अर्थ मन्त्रालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell