PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

कैलाश सत्यार्थीले भारतमा बाल बचाउ अभियान सुरु गर्ने



रासस

कैलाश सत्यार्थीले भारतमा बाल बचाउ अभियान सुरु गर्ने
फोटो श्रोतः siasat.com

नयाँदिल्ली :  नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियान सुरुवात गर्ने भएका छन्। 

उनले अभियान आगामी सोमबारबाट सुरु गर्न लागेका हुन्। उनले अभियानमा कम्तीमा पनि दश लाख नागरिक संलग्न हुने जानकारी दिएका छन्। 

सत्यार्थीलाई भारतमा बालबालिकालाई श्रम तथा यौनजन्य व्यवहारका लागि गरिने बेचबिखनका विरुद्धमा गरेको उल्लेखनीय कार्यका लागि नोवेल शान्ति पुरस्कार दिइएको थियो। 

उनले भारतमा लामो समयदेखि बाल बचाउ आन्दोलन सञ्चालन गर्दै आएका छन्। 

यस पटक पनि उनले भारतमा बालबालिकाको बेचबिखन र उनीहरुविरुद्ध शोषणका क्रियाकलापको नियन्त्रण सरकारले एक्लै गर्न नसक्ने र यसमा नागरिक समाजको पनि सहभागिता चाहिने भन्दै यो अभियान सुरु गर्न लागेका हुन्। 

उनले भने,‘यो बलात्कार, बाल यौन शोषण र बालमजदुरहरुका विरुद्ध हुने विविध खालका शोषणका विरुद्धको सशक्त अभियान हो, म यसमा सबै नागरिकलाई सहभागिताका लागि आग्रह गर्दछु।’ 

भारतमा अहिले पनि प्रत्येक घन्टा दुई जना बालबालिकामाथि यौनजन्य दुव्र्यबहार हुने गरेको तथ्यांक पाइन्छ। त्यसैगरी प्रत्येक आठ मिनेटमा भारतका एकजना बालबालिका हराउने गरेका छन्। 

यसरी हराउने बालबालिका आफै हराएका नभएर दुरुपयोगका लागि बेपत्ता बनाउने गरिएको पनि उनले बताए। 


यस्ता बालबालिकालाई अवैध रुपमा ओसारपसार गर्ने र मानौँ कि जनावरको मूल्यमा बेच्ने पनि गरिएको उनको भनाई छ। 

यी सबैखाले दुव्र्यवहारको अन्त्यका लागि सबैले लड्नुपर्ने भएकोले आफूले यो अभियान सुरु गरेको उनले जानकारी दिए।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell