PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै डा. केसीले गरे ध्यानाकर्षण



सागर बुढाथोकी

मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै डा. केसीले गरे ध्यानाकर्षण

डाक्टर गोविन्द केसीले मेडिकल शिक्षामा भइरहेको शुल्क निर्धारणामा आपत्ती रहेको जनाएका छन्। मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै उनले विज्ञप्तीमार्फत आपत्ती जनाएका हुन्।

नेपाल सरकारको मन्त्रि परिषद्ले एमबीबीएस कार्यक्रमको शुल्क ३८,५०,००० (उपत्यकाभित्र) र ४२,४५,००० (उपत्यकाबाहिर) र बीडीएस कार्यक्रमको शुल्क १९,३२,६१२ पारित गरेको थियो। यो शुल्क आर्थिक वर्ष २०७४।०७५ मासमेत कार्यन्वयन हुने उल्लेख गरिएको थियो तर, यही आर्थिक वर्षमा शुल्क बढाउन चलखेल सुरु भएको डा. केसीले बताएका छन्।

वार्षिक अधिकतम विद्यार्थी संख्या यस वर्षदेखि १०० हुने अगाडिको निर्णयको नबिर्सनसमेत उनले आग्रह गरेका छन्। डा. केसीले सरकारले शुल्क तोकिसकेको विषयमा कुनै चलखेल नगरी किस्ता बन्दीमा सोही रकम लिने व्यवस्था गराउन आग्रह गरेका छन्।

नियम विपरित तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न तथा त्यस्तो निर्णय गर्ने पदाधिकारीहरुलाई बर्खास्त गर्न पनि ध्यानाकर्षण गराएका छन्।

‘स्नातकोत्तर तहको शुल्क त्रिविको सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरुमा समेत काठमाडौं विश्वविद्यालय सरह २२.५ लाख गरिनुपर्ने माग राखेका छन्। त्यसभन्दा बढी शुल्क तोकेर दलाली गर्ने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गर्नु पर्दछ।’

विज्ञप्तीमा  डाक्टर केसीले भनेका छन्, ‘यस अगाडिको माग कायमै रहेको र पछिल्लो चरणमा सत्याग्रह स्थगित भए पनि अबको चरणलाई यी मागहरु कायम रहेको पनि जानकारी गराउन चाहन्छौं ।’

केसीले कतिपय कलेजहरुले विद्यार्थीलाई ज्यादती गरी तोकियभन्दा बढी शुल्क लिएको जानकारी आएको समेत उल्लेख गरेका छन्। नयाँ भर्ना सिजन सुरु भएकाले यस्ता चलखेल सुरु भएको विज्ञप्तीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell