PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

ब्याटिङमा परिक्षणको मौका : प्रशिक्षक बिनोद दास



पहिलोपोस्ट

ब्याटिङमा परिक्षणको मौका : प्रशिक्षक बिनोद दास

काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सोमबार थाइल्यान्डसँग खेल्दैछ।

नेपालीका प्रशिक्षक बिनोद दासले सोमबारको खेललाई ब्याटिङमा आएको परिवर्तनलाई परिक्षण गर्ने मौका रहेको बताएका छन्। उनले भने, ‘प्रतियोगितामा मलेसिया र सिंगापुर बलियो टोली हुन्। हामी आफ्नो स्वभाविक खेल खेल्छौं। ब्याटिङमा राम्रो हुने अपेक्षा गरेको छौँ’

यता कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजनासहित प्रतियोगितामा खेल्ने बताए। उनले भने, 'हामी प्रतियोगिता खेल्न पाउँदा खुसी छौं। यसले सिनियर टिममा स्थान बनाउन पनि खेलाडीलाई सहयोग गर्छ। हामी जतिसक्दो छिटो खेल सक्ने रणनितीमा मैदानमा उत्रनेछौँ।'

नेपाल रहेको समुह ए मा थाइल्याण्डसँगै सिंगापुर भुटान रहेको छ। गत महिना सिंगापुरमै भएको आइसीसी यू-१९ विश्वकप छनोटको दुवै खेलमा नेपालले सिंगापुरलाई हराएको थियो। नेपालले बुधबार भुटान तथा बिहिबार सिंगापुरसँग खेल्नेछ।

यस्तै समूह बी मा आयोजक मलेसिया, हङकङ, चीन र म्यानमार छन्। आज भएको समूह बी को खेलमा हङकङ र मलेसियाले सहज जित हासिल गरेका छन्। हङकङले चीन तथा मलेसियाले म्यानमारलाई समान ९ विकेट हराएको हो।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell