PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

तीन मन्त्री थपिने, फुटेको राप्रपाबाट मन्त्रीको शपथ भोलि



पहिलोपोस्ट

तीन मन्त्री थपिने, फुटेको राप्रपाबाट मन्त्रीको शपथ भोलि

काठमाडौं : देउवा सरकारको मन्त्रिपरिषद्मा तीन मन्त्री थपिन लागेका छन्। यसअघि नै ५० सदस्यीय मन्त्रिपरिषद् बनाएर कीर्तिमान कायम गरिसकेका देउवाले फेरि तीन मन्त्री थप्न लागेका हुन्।

पशुपतिशमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र महामन्त्री सुनिलबहादुर थापा मन्त्री बन्न लागेका हुन्। राप्रपा प्रजातान्त्रिकबाट मन्त्रिपरिषद्मा लगिने तीन मन्त्रीलाई भोलि बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथ खुवाउने तयारी भएको छ। 

राप्रपाका सुनिलबहादुर थापाले उद्योग, उपनेता पाण्डेले वन तथा भू–संरक्षण र संसदीय दलका नेता दीपक बोहराले विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने छन्।

संसदीय दलका नेता दीपक बोहराले भने मन्त्रालय टुंगो लागिनसकेको बताए। 'मन्त्रालयको टुंगो भोलि नै लाग्ने छ,' बोहराले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले चार मन्त्रालय आफूसँग राखेका छन्। तीन मन्त्री थपिए पनि अझै एक मन्त्रालयको कार्यभार प्रधानमन्त्रीसँगै हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell