PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान अग्रगामीः गच्छदार



रासस

लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान अग्रगामीः गच्छदार

वीरगञ्जः  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेसी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताएका छन्। 

नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगञ्नको माइस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताए।

संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको उनको भनाइ थियो। 

केही दलले आफ्नो निजी स्वार्थका लागि जतिसुकै संविधानको विरोध गरेपनि यसले हिमाल, पहाड र तराई सबैलाई समानताको अधिकार दिएको बताए।

२ नं प्रदेशको राजधानी जनकपुरलाई बनाउन आफूलाई दबाब आइरहेको बताउँदै गच्छदारले भने,‘वीरगन्जमा पर्याप्त पूर्वाधार भएकाले प्रदेशको राजधानी वीरगन्ज पनि हुनसक्छ।’ रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell