
फ्लोरिडाः क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ। इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन्।
फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ।
फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ।
फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ।
फ्लोरिडामा २१५ किलोमिटर प्रतिघण्टाका गतिमा आएको आँधीका कारण दरले पहिरो गएको छ।
समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएपनि हजारौं घरहरू प्रभावित बनेका छन्। रासस/सिन्ह्वा