PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राफेल नाडालले जिते १६औँ ग्राण्ड्सलाम उपाधि



पहिलोपोस्ट

राफेल नाडालले जिते १६औँ ग्राण्ड्सलाम उपाधि

स्पेनी राफेल नाडालले वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम युएस ओपन जित्दै करियरको १६ औँ उपाधि जितेका छन्। नाडालले दक्षिण अमेरिकाका केभिन एण्डरनसलाई ३-० को सोजो सेटमा पराजित गर्दै तेस्रो पटक युएस ओपन जितेका हुन्।

न्यूयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा नाडालले एण्डरसनलाई ६-३, ६-३,६-४ को सेटमा पराजित गरे।

नाडाललले सन् २०१० र २०१३ मा पनि युएस ओपनको उपाधि जितेका थिए। ३१ वर्षीय नाडालले २०१३ यता पहिलो पटक एकै वर्ष दुई ग्राण्ड्सलाम जितेका छन्। उनले यस वर्षको फ्रेन्स ओपन समेत जितेका थिए।

नाडालले यस वर्षलाई खेललाई अविश्वसनिय मानेका छन्।

सर्वाधिक ग्राण्ड्सलाम जित्ने खेलाडीमा दोस्रो स्थानमा रहेका नाडालले अझै शीर्ष स्थानको स्वीस रोजर फेडेरर (१९) भन्दा ३ उपाधिले पछि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell