
काठमाडौं : नेपाली खेल क्षेत्रको लोकप्रिय र प्रतिष्ठित मानिएको पल्सर स्पोर्ट्स अवार्डको १४औं संस्करण आज हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोटर्स अवार्ड-२०७३ कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ। विगतमा जस्तै यसपटक पनि कुल ८ विधामा अवार्ड प्रदान गरिँदैछ।
एनएसजेएफले ८ मध्ये ५ विधामा यसअघि नै उत्कृष्ट पाँचमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपुल च्वाइस अवार्ड रहेका छन्। एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा पिपुल च्वाइस अवार्डको विजेता घोषणा गरिनेछ। चार फेसबुक लाइ बराबर एक भोट गणना हुनेछ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशल अवार्ड भने अवार्ड समारोहमै घोषणा गरिनेछ।
पाँच भिन्न विधाको मनोनयमा फुटबलबाट सबैभन्दा धेरै ६ जना मनोनयनमा परेका छन् भने एथ्लेटिक्सबाट ४ तथा क्रिकेट र ब्याड्मिन्टनबाट ३-३ जना मनोनयनमा परेका छन्।
एथ्लेटिक्सका कान्छीमाया कोजु र क्रिकेटका दीपेन्द्र सिंह ऐरी २-२ विधामा मनोनयनमा परेका छन्।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल च्वाइसको अवार्ड विजेताले एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजारका साथै विभिन्न उपहारहरु प्राप्त गर्नेछन्। गत वर्ष तीन विधाका विजेतालाई मात्र मोटरसाइकल प्रदान गरेकोमा यस पटक उत्कृष्ट प्रशिक्षकलाई पनि मोटराइकल पुरस्कार दिन लागिएको हो।
स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ भने रुस्लान फुटबल, डिस होम एक्सन स्पोर्ट्स, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिंगी, साहस स्पोर्ट्स, टिएचटि लाइभ, राष्ट्रिय खेलकुद परिषद सह प्रयोजक छन्। पल्सर स्पोटर्स अवार्डको एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पल्सर स्पोर्ट्स अवार्ड २०७३ को पाँच विधाको मनोनयन यसप्रकार छ -
वर्षका उत्कृष्ट पुरुष खेलाडी
किरण कुमार लिम्बु, फुटबल
शरद भेषावकर, क्रिकेट
रत्नजित तामाङ, ब्याड्मिन्टल
सोमबहादुर कुमाल, एथ्लेटिक्स
मान बहादुर श्रेष्ठ, भलिबल
वर्षका उत्कृष्ट महिला खेलाडी
कान्छीमाया कोजु, एथ्लेटिक्स
ज्ञानु अवाले, आर्चरी
नङसल तामाङ, ब्याड्मिन्टन
सावित्रा भण्डारी, फुटबल
सरस्वती भट्टराई, एथ्लेटिक्स
वर्षका उत्कृष्ट युवा खेलाडी
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
अनन्त तामाङ, फुटबल
मनीता श्रेष्ठ प्रधान, जुडो
कमला श्रेष्ठ, भारोत्तोलन
प्रतिभा माली, भलिबल
वर्षका उत्कृष्ट प्रशिक्षक
योतोकु कोजी, फुटबल
मेघराज केसी, फुटबल
जगत टमाटा, क्रिकेट
पुष्पराज ओझा, एथ्लेटिक्स
किरण थापा, ब्याड्मिन्टन
पिपुल्स च्वाइस अवार्ड
कान्छीमाया कोजु, एथ्लेटिक्स
फुपूल्हामु खत्री, जुडो
गौरिका सिंह, पौडी
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
सुजल श्रेष्ठ, फुटबल