
बर्नले र नवप्रवशी न्यूकासल युनाइटेडले प्रिमियर लिगमा दोस्रो जित हात पारेका छन्।
गएराती भएको खेलमा बर्नलेले क्रिस्टल प्यालेस र न्यूकासलले स्वान्सी सिटीलाई समान १-० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा बर्नलेलाई जिताउन क्रिस उडले निर्णायक गोल गरे।
यस्तै न्यूकासलका लागि जमल लास्केल्सले विजयी गोल गरे।
४ खेलपछि २ मा जित र एक मा बराबरी नतिजा निकालेको बर्नले ७ अंकका साथ अंक तालिकामा सातौँ स्थानमा छ। उसले एक खेल हारेको थियो। यस्तै ४ मध्ये २ मा जित र २ मा हारको नतिजा निकालको न्यूकासल ६ अंकका साथ दशौँ स्थानमा छ।
४ खेलबाट समान १० अंक जोडेका म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर क्लब क्रमश: पहिलो र दोस्रो स्थानमा छन्।
चौथो चरणको अन्तिम खेलमा आज राती बेष्टह्याम युनाइटेड र नवप्रवेशी हडल्शफिल्ड टाउनबीच खेल हुँदैछ।