
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डसँग खेलिरहेको छ। टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको ओमन क्लबमा थाइल्याण्डसले टस जितेर फिल्डिङ रोजेको हो।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रेको नेपालले यो समाचार तयार पार्दासम्म ८ ओभरमा कुनै पनि विकेट नगुमाई ३४ रन बनाएको छ। आसिफ शेख (२१) र सन्दीप सुनार (९) रन बनाएर खेलिरहेका छन्।
प्रतियोगितामा कूल ८ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीमा नेपाल र थाइल्याण्डसँगै सिंगापुर र भुटान समूह ए मा छन्।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव