PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेपाली व्यापारीलाई गोली हानेर फरार भारतीय नागरिक पक्राउ



चन्द्रकान्त खनाल

नेपाली व्यापारीलाई गोली हानेर फरार भारतीय नागरिक पक्राउ

रुपन्देही: सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कुलप्रसाद न्यौपानेलाई  गोली हानी फरार रहेका भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। २०७३ मंसिर २१ गते साँझ ६ ३० बजे न्यौपानेलाई पसलमा नै गोली प्रहार भए पनि उनी जोगिएका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले न्यौपानेमाथि गोली प्रहार गर्ने भारत मोतिहारी जिल्ला रक्सौल ठेगाना भएका ५० बर्षीय अरबिन्द यादव भन्ने बव्लु तिवारीलाई पक्राउ गरेको बताए ।

रुपन्देहीमा बसी बर्षौँदेखि विभिन्न नाममा उद्योगी व्यापारीलाई धम्की दिइ चन्दा असुल्दै आएकासमेत खुलेको प्रहरीको भनाई छ। प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार तिवारी भारतको सुनौलीमा बसी देखावटी रुपमा गिटी बालुवाको काम गरी उद्योगी व्यवसायीहरुको विवरण संकलन गरी विभिन्न माध्यमबाट रकम असुल गर्दै आएका थिए।

तिवारी २०६६ असार २ गते लागुऔषधसहित पक्राउ परी जेल सजायसमेत भोगिसकेको ज्ञवालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell