PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य, दुई व्याट्सम्यानको अर्धशतक



पहिलोपोस्ट

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य, दुई व्याट्सम्यानको अर्धशतक

काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्ड सामु २८२ रनको चुनौती दिएको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनाएको हो। 

मलेसियाको ओमन क्लवमा भएको खेलमा नेपालको इनिङमा दुई व्याट्सम्यानले अर्धशतक पूरा गरे। अनिलकुमार साहले सर्वाधिक ९१ रनको योगदान दिए। यस्तै प्रनित थापामगरले ५० रन जोडे। 

ओपनर सन्दीप सुनार ३२ तथा आसिफ शेखले २१ रन बनाए। नेपालको इनिङमा रोहित कुमार पौडेलले २८ तथा पवन सर्राफले २२ रनको योगदान दिए। किशोर महतोले नटआउट २ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए। 

प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित कूल ८ टोलीको सहभागिता रहेको छ। समूह एमा नेपाल र थाइल्याण्डसँगै सिंगापुर र भुटान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell