PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

मेक्सिकोमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो



रासस

मेक्सिकोमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो
फोटो श्रोतः yahoo.com

मेक्सिको : मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ।

मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म मृत्यु हुनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। 

मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यका छन्। भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रीत गरिएको सरकारी अधिकारीले बताएका छन्। 

आपत्कालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान सहरमा परिचालन गरिएको छ। 

अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन्। राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेका छन्। 
। रासस/एपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell