PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

अफगानिस्तानमा तालिवान र आइएस लडाकूद्वारा ३५ सर्वसाधारणको अपहरण



रासस

अफगानिस्तानमा तालिवान र आइएस लडाकूद्वारा ३५ सर्वसाधारणको अपहरण

अफगानिस्तान :  अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। 


आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए। 

अफगान सेनाका २०९ औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गरेका छन्। 

अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट सुरु भएको थियो। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell