
पोखरा : नेकपा माओवादी केन्द्र कास्कीले देशको नयाँ संघीय संरचना अनुसार पार्टीको सगठनिक स्वरुपलाई परिवर्तन गर्दैै पोखरा लेखनाथ महानगरमा नयाँ नेतृत्व चयन गरेको छ।
केन्द्रले कास्कीका ४ वटा गाउँपालिका र महानगरपालिकामा नयाँ संरचनाअनुसार विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ८१ सदस्यीय महानगर कमिटी चयन गरेको हो।
अध्यक्ष लामिछाने पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्षसमेत हुन्। स्थानीय तह निर्वाचनमा महानगरको मेयर पदमा उम्मेदवारी दिएका लामिछानेले पार्टीले केन्द्रबाटै नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए।
प्रथम अधिवेशनवाट उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्ष्मा जनकराज पराजुली निर्वाचित भएका छन्।
उपाध्यक्ष १ जना र सहसचिव २ जनापछि मनोनित गरिने वताईएको छ। सम्मेलनले समावेशीतालाई जोड दिएर महिला, दलित, तथा आदिवासी जनजातिलगायतको उचित प्रतिनिधित्व गरेको केन्द्रले दावी गरेको छ।