PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

थाइल्याण्डविरुद्ध नेपालको २५५ रनको फराकिलो जित, सन्दीपले लिए ७ विकेट



पहिलोपोस्ट

थाइल्याण्डविरुद्ध नेपालको २५५ रनको फराकिलो जित, सन्दीपले लिए ७ विकेट

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध फराकिलो जित हासिल गरेको छ। थाइल्याण्डका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

मलेसियाको ओमन क्लबमा भएको खेलमा नेपालले २८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डको पूरै टोली १० ओभरमा २६ रना जोड्दा अल आउट भयो।

बलिङमा नेपालका सन्दीप लामिछानेले ७ विकेट लिए। यस्तै, नन्दन यादव र किशोरी महतोले एक/एक विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीका नाममा पनि एक विकेट रह्यो।

थाइल्याण्का प्रारम्भीक व्याट्सम्यान सवात रस्तानायुम्यानुकोल शून्य रनमै आउट भएका थिए। नेपालका बलर नन्दन यादवले सवातलाई इनिङको पहिलो बलमै आउट गरेका थिए। थाइल्याण्डले पहिलो दुई ओभर लगातार एकएक विकेट गुमाएको थियो। चौथो र छैटौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो।

उसका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। तीन जान व्याट्सम्यान शून्यमै आउट भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell