PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

तीन मन्त्रीको शपथ, एक थपिँदै



पहिलोपोस्ट

तीन मन्त्रीको शपथ, एक थपिँदै

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा तीन मन्त्री थप गरेका हुन्।

विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापाले राष्ट्रपति भवन शीतलनिवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ ग्रहण गराएकी हुन्।

त्यस्तै, उद्योग राज्यमन्त्रीमा रेशम लामाले आज नै सपथ लिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि  शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell