
सोल : दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्।
दक्षिण कोरियाली विदेशमन्त्री काङ् क्याङ्वाले सोमबार आयोजित पत्रकार सम्मेलनमा आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ वर्षहरुका लागि एउटा ठूलो चुनौतीका रुपमा रहने बताइन्।
उनले आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक रुपमा आउने बताइन्।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै आणविक परीक्षणहरु गर्दै आएको छ। उसले गतहप्ता मात्र पनि एउटा शक्तिशाली परीक्षण गरेको थियो।
परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी भएपछि यसले संसारमा नै ठूलो तनाव उत्पन्न गरेको छ। विश्वमा उत्तर कोरियाको परीक्षणबाट उत्पन्न परिस्थितिका बारेमा यतिबेला समीक्षा गरिँदैछ।
उनले उत्तर कोरियाको यस आणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा ठूलो अशान्ति मच्चिएको बताइन्। रासस/सिन्ह्वा