PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

ठगीको आरोपमा एक मलेसियन नागरिक पक्राउ



पहिलोपोस्ट

ठगीको आरोपमा एक मलेसियन नागरिक पक्राउ

काठमाडौः अष्ट्रेलिया पठाइदिन्छु भन्दै नेपली विद्यार्थीलाई ठगी गर्ने एक मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले रामदास बसकर दासलाई पक्राउ गरेको हो। रामदासले नेपालमा आइएफपी एजेकुन कन्सल्टेन्सी खोली विद्यार्थीलाई विना आइएलटिएस पठाइदिन्छु भन्दै एक करोड २५ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको महाशाखाले जनाएको छ। 

यसरी ठगिए नेपाली विद्यार्थी 
विदेशी तीन जनाले चाबहिलस्थित मेडिसन होटल ट्रेनिङ सेन्टरमा आई कन्सलटेन्सी तथा विद्यार्थीलाई सहभागी गराएर सेमिनार गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्यूचर एकेडेमीमा अध्ययन गर्न विना आइएलटिएस हप्तामा १ दिन कक्षा लिँदा हुने, हप्तामा ६ दिन अन्य काम गर्दा हुने, कामको  ग्यारेन्टी जस्ता कुराहरु गरी विद्यार्थीलाई प्रलोभनमा पारी ठगी गरेको देखिएको छ।

त्यसपछि  विद्यार्थीको बैंक खाताबाट अष्ट्रेलियन नागरिकको खाता नं.016499 मा रकम हाल्न लगाई अष्ट्रेलियाबाट झुठो कागजात तयार पारी ईमेलबाट सम्बन्धित विद्यार्थीलाई पठाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell