PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

जापानी निर्देशनमा नेपाली फिल्म 'माइ लभ', सोमबार विशेष प्रदर्शनी



पहिलोपोस्ट

जापानी निर्देशनमा नेपाली फिल्म 'माइ लभ', सोमबार विशेष प्रदर्शनी

काठमाडौं: नेपाली फिल्ममा पिएचडी गरेका जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशित फिल्म 'माइ लभ'को रिलिज डेट तय भयो। फिल्म नेपालमा मङ्सिर १५ गते सार्वजनिक हुने भएको छ। माइ लभको नेपाल प्रिमियर भने सोमबार काठमाडौंमा हुँदैछ। प्रोमोसनल स्क्रिनिङ राष्ट्रिय सभा गृहमा हुने भएको हो।

फिल्म माइ लभ अघि ईतोले नेपाली फिल्म शिरीषको फूल निर्देशन गरेका थिए। फिल्म शिरीषको फूलले नेपालमा नेशनल अवार्ड जितेको थियो। निर्देशकका अनुसार फिल्मले २०७२ बैशाख १२ गते नेपालमा गएको विनासकारी भुकम्पका बेला सिर्जना भएका अवस्थाहरुमाथी फिल्म केन्द्रित रहेको छ। 'भूकम्पका बेलमा मानिसले देखाएका माया, प्रेम फिल्ममा देखाउने कोसिस गरिएको छ।'

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको माइ लभमा जापानी कलाकारहरुको युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतको अभिनय रहेको छ। गौरी शंकर धुजुले खिचेको फिल्ममा भुकम्पको बेलामा संयमित हुने, पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानिसहरु र सबैमा माया प्रेम कसरी प्रकट गर्ने जस्ता विषय फिल्ममा रहेको छ।

भुकम्प पछि काठमाडौं महानगरभित्र देखिएको अस्तव्यस्तलाई फिल्ममा देखाइएको जानकारी दिइएको छ। त्यसैले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको संयुक्त आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी आयोजना गरिने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell