PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

निधिले भने–मधेसीलाई विदेशी भन्नेलाई जनताले सबक सिकाउनेछन्



पहिलोपोस्ट

निधिले भने–मधेसीलाई विदेशी भन्नेलाई जनताले सबक सिकाउनेछन्

जनकपुरधाम :  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तह निर्वाचन संघीयता पक्षधर र संघीयता विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन्। 

नेपाली कांग्रेस मिडिया सेन्टरद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए। 

निधिले नेकपा एमाले मधेस विरोधी शक्ति भएको आरोप लगाउँदै मधेसीलाई विदेशी भन्नेलाई मधेसी जनताले मतबाट सबक दिने समय आएको बताए। । 

प्रदेश नं २ मा कांग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै निधिले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाए। 

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २ नं प्रदेशमा कांग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell