
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको बताएको छ।
पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठले विज्ञप्ती जारी गरी आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका हुन्।
राप्रपाले सरकारले गरेकोे निर्णय सच्याउन निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।