PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

‘एभरेष्ट सिने अनर’को पहिलो संस्करणमा ५ फिल्मकर्मी सम्मानित



पहिलोपोस्ट

‘एभरेष्ट सिने अनर’को पहिलो संस्करणमा ५ फिल्मकर्मी सम्मानित

काठमाडौं: फिल्म सम्बन्धी विभिन्न विषय अध्यापन गराउने एभरेष्ट फिल्म एकेडेमीले ‘एभरेष्ट सिने अनर’ नामक सम्मान कार्यक्रम सुरु गरेको छ। आइतबार काठमाडौंमा एक समारोह आयोजना गर्दै एकेडेमीले एभरेष्ट सिने अनर’को यस वर्ष देखि औपचारिक सुरुवात गरेको हो।

एकेडेमीले सिने अनरको पहिलो संस्करणमा ५ फिल्मकर्मीलाइ सम्मान गर्यो । फिल्म ‘जात्रा’ निर्देशक प्रदिप भट्टराई, नायक विपिक कार्की, ‘लुट २’ सम्पादकका सुरेन्द्र पौडेल र छायांकार पुरुषोत्तम प्रधान र निर्देशक लक्ष्मीनाथ शर्मालाई एकेडेमीले सम्मान गरेको हो। निर्देशक लक्ष्मीनाथ शर्मालाई कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो।

वर्ष भर प्रदर्शनमा आएका फिल्महरु मध्यबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायांकारलाई एभरेष्ट सिने अनरले हरेक वर्ष सम्मान गरिने आयोजकले बताए। 'फिल्म क्षेत्रमा लगातार काम गरिरहने फिल्मकर्मीलाई प्रोत्साहन गर्न हामीले ‘एभरेष्ट सिने अनर’को सुरु गरेका हौं', एकेडेमीका प्रबन्ध निर्देशक विशाल श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell