PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

प्रसूति गराउने क्रममा उदयपुरमा एक महिलाको मृत्यु



पहिलोपोस्ट

प्रसूति गराउने क्रममा उदयपुरमा एक महिलाको मृत्यु

उदयपुर :  जिल्ला अस्पताल उदयपुरमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ। 

प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहाकी ३० वर्षीया रामकुमारी दनुवारको मृत्यु भएको हो। 

आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८:३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले जानकारी दिए। 

उनका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell